आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।

निगम सञ्चालक समिति बैठकको निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एकसय ६२ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एकसय ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एकसय ६५ रुपियाँ मूल्य कायम भएको छ ।

त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एकसय ४९ रुपियाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एकसय ५१ र तेस्रो वर्गअन्तर्गत एकसय ५२ रुपियाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।


ताजा खबर