बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठसहित)

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड विनियोजन गरिएको छ । कुल विनियोजनमध्ये चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २.३२ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट रु. १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार व्यहोरिने अनुमान गरेको छ ।

पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।


ताजा खबर