अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रू’ गरेका छन्। मकालु गाउँपालिका-५, आम्राङमा आयोजित कार्यक्रममा ‘अडिट-२’ को स्वीच थिचेर प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रू’ गरेका हुन्।

फ्याक्सिन्दास्थित बाँधदेखि दिदिङस्थित विद्युत्‌गृहसम्म करीब १२ किलोमिटर सुरुङ निर्माण गरिएको आयोजनाले जनाएको छ। यो सुरुङको परिधि ९.५ मिटर छ।

यो जलविद्युत् आयोजनाको क्षमता ९०० मेगावाट छ। भारतीय कम्पनी एसजेभीएनले आयोजना निर्माण गरिरहेको छ। अहिलेसम्म ७० प्रतिशत काम सकिएको जनाइएको छ। निर्माण कम्पनीका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अरुण तेस्रोको लागत करीब एक खर्ब चार अर्ब रुपैयाँ छ। यसबाट नेपाललाई २१ प्रतिशत विद्युत् निःशुल्क प्राप्त हुने सम्झौता भएको छ। रासस


ताजा खबर