राष्ट्रपति पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने

राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने भएको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।

जेठ ३१ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सो पश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।

त्यस्तै सरकारले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, मद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गरेको छ ।

उहाँले भन्नुभयो, ‘नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, मद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण गर्नुहुनेछ ।

बैठकले वन दोस्रो संशोधन नियमावली,२०२१ स्वीकृत गरेको छ । तिलगंगा आँखा विश्वविद्यालय सम्बधमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि भएको मन्त्री शर्माले बताउनुभयो । रासस


ताजा खबर