डा. रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’

वरिष्ठ गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०८०’द्वारा सम्मानित हुनुभएको छ ।

डा. भोला रिजाललाई गीतकार सङ्घ नेपालको १५ औं स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा ‘राष्ट्रिय स्रष्टा सम्मान – २०८०’ प्रदान गरेको हो ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले  डा. रिजाललाई एक लाख ५१ हजार रुपैयाँ सहित माला र र ताम्रपत्रद्वारा सम्मान गर्नुभएको  थियो ।

सम्माान ग्रहण गरेपछि सभालाई धन्यवाद सम्वोधन गर्नुहुँदै  डा. रिजालले ‘गीतकार संघले आफूलाई दिएको सम्मानले थप श्रृजनसिल प्रेरित गरेको र नयाँ कृतिकालागि थप उर्जाशील बनाएको बताउनुभयो । उहाँले आफ्नो दराजमा थन्किएका  पाण्डुलिपीहरुलाई अब चाँडै मूर्तरुप दिने बताउनुभयो ।

नेपालका अग्रणि तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहनुभएका चर्चित गीतकार डा. भोला रिजाले चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायराबारे लेख्नुभएको पुस्तक ‘सेतो कोट’  निकै लोकप्रिय रहेको छ ।

बहुमुखी प्रतिभाका धनि डा. रिजाल चिकित्सासँगै गीत लेखन र गायनमा पनि उतिकै सकृय हुनुहुन्छ । उहाँको रचना सङ्गीत र स्वरमा रहेको मेरो पौवा पाटीलाई बोलको गीत निकै चर्चित छ ।

नेपालमा निजि क्षेत्रको अग्रणि अस्पतालका रुपमा परिचित ॐ अस्पतालका संस्थापक समेत रहनुभएका डा. रिजालले नै नेपालमा ॐ हस्पिटल मार्फत (आइ.भि.एफ.) टेष्ट ट्युवबाट वेवी जन्माउने प्रविधि भित्र्याउनु भएको हो। सफल नेपाल


ताजा खबर