शिक्षामा दुई खर्ब तीन अर्ब ६६ करोड बजेट विनियोजन

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ ।

मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुहुँदै अर्थमन्त्री पुनले बजेट विनियोजन गर्नुभएको हो । उहाँले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि दुई अर्ब ५० करोड रकम विनियोजन गरेको बताउनुभयो ।

उहाँले १२ कक्षा पूरा गरेका विद्यार्थीहरुलाई सीप र रोजगारीमा आवद्ध गरिने बताउनुभयो । उहाँले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृद्धि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले प्राविधिक शिक्षातर्फ एक अर्ब ५९ करोड विनियोजन गरेको बताउनुभयो । उहाँले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताउनुभयो ।

सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोन गरेको बताउनुभयो ।


ताजा खबर