कश्यप गोत्रीय कठजोरे अधिकारी बन्धुहरुको गोठधुप सम्पन्न

रामेछाप जिल्लाको कठजोरबाट देशका विभिन्न स्थानमा बसोवास गर्ने कश्यप गोत्रीय खिड्सिने अधिकारी बन्धुहरुको कुलपूजा ‘गोठधुप’ सम्पन्न भएको छ।

भक्तपुर दधिकोट गुण्डु स्थित अधिकारी सेवा समाजको पुजा थानमा आज कठजोर, डाँडाखर्क वाप्चु लगायत देशका विभिन्न ठाँउमा छरिएर रहेका र हाल काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने अधिकारीहरु भेलाभई गोठधुप गरेका हुन् ।

May be an image of 3 people
चामल र दुध अमलाको पात नौनी घ्यूमा मोलेर धुपको लागि तयार गरिंदै ।

अधिकारी कुलपुजा थानको मुल स्थानमा अधिकारी वन्धुहरु तारहरी अधिकारी, अजय अधिकारी, जनार्दन अधिकारी, हरि अधिकारी, निर्मलहरी अधिकारी, वोधराज अधिकारी र पुष्पहरी अधिकारी लगायतले अग्नी स्थापना विधिवाट विशेष पूजा गर्नुभएको थियो ।

May be an image of 4 people and temple
उभौली र उधौली एघार धर्को ठाडो र नौ धर्को तेर्सो रेखी तानेर तयार पारिएको पुजा स्थान ।

भगवानलाई भोग लगाउन हरेक अधिकारी बन्धुहरुका घरवाट पूजाकालागि ल्याइएका सामग्रीहरुवाट विशेष किसिमको खीर पुवा र बाबर बनाउने र मठमा मालिका देवी तथा विन्ध्यवासिनी देवीको स्वरुपमा विशेष मन्त्रोच्चारण सहित अर्पण गर्ने प्रचलन रहेको छ ।

विशेष पूजा सकिएपछि अधिकारी बन्धुहरुले भाकल गरे अनुसार कुललाई बली भोग दिने चलन रहेको छ । आजपनि शुभकर्मका लागि बोका बली दिनेहरुको संख्या उल्लेख्य थियो ।

May be an image of 8 people and text
अधिकारी सेवा समाजको नव नवनिर्मित मठमा भेला भएका अधिकारी बन्धुहरु ।

अधिकारी सेवा समाजका अध्यक्ष नेत्र अधिकारीको अगुवाइमा निर्मित कुल देवताको मन्दिर परिसरमा आयोजित गोठधुप कार्यक्रममा थातथलो कठजोर भई सिन्धुली, सर्लाही, मकवानपुर, पर्सा, मोरङ लगायतका विभिन्न स्थानमा, वसोवास गर्ने अधिकारी बन्धुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अधिकारी बन्धुहरुको गोठधुप परम्पराले बन्धुत्व, एकता र सांस्कृतिक पहिचानका लागि आफ्नो संस्कार, संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको र विदेशी संस्कृतिको अतिक्रमणबाट बचाउन तथा भावी पुस्तालाई सचेत बनाउन फलदायी बन्ने विश्वास गरिएको अधिकारी बन्धुहरुका अगुवा तथा जेष्ठ सदस्य पूर्व न्यायाधिस योगनाथ अधिकारीले जानकारी दिनुभयो ।

May be an image of 3 people, fire and temple
अग्नी स्थापना विधिवाट पूजा गरी रुद्री पाठ गर्नुहुँदै अधिकारी बन्धुहरु ।

कुलपुजाको विधिः 

पूजाका क्रममा ब्रम्हा, विष्णु, प्रजापति, चार वेद, पाँच कलश, दियो, गणेश समेतको स्थापना गरी अग्नीमा हवन गरिन्छ । पूजा मध्यमा पुगेपछि मुल थानमा पूजा शुरु गरिन्छ । घण्टका रुपमा मालिका र बढिमालिकालाई देवी स्वरुपमा स्थापना गरी पुजिने भएकाले गोठधुपको पूजामा घण्ट बजाउन नहुने विधान छ ।  मुल थानमा दियो र कलश स्थापना गरी गाइको गोवरको महालिङ्ग कुण्ड बनाइन्छ । शिवलिङ्गको जस्तो आकारको कुण्ड बनाएर त्याहाँ जलारीको माध्यमबाट गाइको दुधको धारो पूजा नसकिउन्जेल निरन्तर लगाइरहनुपर्छ ।

क्रमवद्ध रुपमा चामल र दुध अमलाको पात नौनी घ्यूमा मोलेर तयार राखिन्छ । पुजा नसकिउन्जेल अमलाको पात नौनी घ्यूमा मोलेर तयार पारिएको धुप भर्भराउँदो गोलमा राखेर पूजा भरी निरन्तर धुप गर्नुपर्छ । साथमा नैवेद पनि चढाइन्छ । उता मठमा नै गाइको दुधमा पायस (खिर) पकाइन्छ ।  विशेष किसिमले उभौली र उधौली एघार धर्को ठाडो र नौ धर्को तेर्सो रेखी तानेर विशेष किसिमले तयार पारिएको पुजा स्थानमा चढाएर धुप बत्ति नैवेद गरीसकेपछि फेरी जल चढाएर थानमा नै पकाएको बाबर चढाइन्छ । त्यसै क्रममा एउटा गोवर कुण्ड बनाएर पशुधनको रक्षाको कामना सहित गौलो पुजा गरिन्छ । त्यो अलिकति भिन्न ठाँउमा किलो गाडेर पूजा गर्ने चलन छ । यि विधिहरु सकेर नरिवल बलि दिइन्छ । नरिवल बलि सकिएपछि कसैले जिव वलि नदिन पनि सक्छन् उहाँहरुले नरिवल बलि चढाउने हो । जिव वलि दिन चाहनेहरुका लागि भाकलको बोको ल्याएर चढाउने चलन छ ।

वलि दिनु पहिले नरिवल बलि सकिएपछि बोको पुजा गरेर पर्सिइन्छ ।  अचानोलाई पूजा गरिन्छ । खड्ग खुकुरी पूजा गरिन्छ । सबैको साझा भाकल गरेको बोको मुलबेडो हुन्छ त्यसको संकल्प गरिन्छ । शुरुमा मुलबेडोको बलि दिइन्छ र अन्य बन्धुहरुको बोको बलि दिन थालिन्छ । बलि दिएका सबै बोकाको टाउको थानमा लगेर चढाइन्छ । सबै भाकलका बोका बलि सकिएपछि थानमा फेरी धुप बत्ति गरि पूजा गरिन्छ ।  हवनमा सुरुमा मध्य भागमा पुर्याएर रोकिराखेको पूजा अघि बढाइन्छ । पूजाको अन्त्यमा चरु हवन गरी दुबै ठाँउमा आरती र पुष्पाञ्जी गरेर पुजा समापन हुन्छ । त्यसपछि प्रसाद वितरण गरिन्छ ।

No photo description available.
वितरणकालागि तयार पारिएको प्रसाद ।

महालिङ्ग, मालिका देवी तथा विन्ध्यवासिनी देवीको पूजा गर्ने अधिकारीहरुले हरेक बर्ष बैशाखे पूर्णिमाको पञ्चमीमा तथा मङ्सिरे पूर्णिमामा दुइपटक बन्धुहरु भेला भई गोठधुप गर्ने परम्परा रहेको छ ।  रासस


ताजा खबर