०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको छ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएङ्को हो ।

आगामी आर्थिक वर्षको  लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको छ। हालसम्मकै ठूलो आकारको बजेटमा  स्वास्थ्य, शिक्षा, कृषि र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिइएको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको बताउनुभयो।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत बजेट छुट्याईएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने अर्थमन्त्री पुनले बताउनुभयो।

त्यसको परिपूर्ति वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने अर्थमन्त्रीको भनाई छ।

बजेटको पूूर्णपाठ पढ्नकालागि यहाँ क्लिक गर्नुहोस् ।


ताजा खबर