रसुवाको सानो भोर्ले हेल्थपोष्टमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बागमति प्रदेशको रसुवाको सानो भोर्ले हेल्थपोष्टमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा ॐ हस्पिटलका वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. बिनोद अर्यालले रसुवा जिल्लाको सानो भोर्लेमा पुगेर स्थानीयहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुभएको छ ।

वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. बिनोद अर्याल

परिक्षणका क्रममा  महिलाहरुमा आङ खस्ने समस्या, यौनजन्य संक्रमण, निःसन्तानपन सम्वन्धि समस्या बढी  देखिएको डा. अर्यालले जानकारी दिनुभयो ।

दन्त परिक्षणका क्रममा किरा लागेको दाँतको उपचार, दाँत भर्ने सेवा समेत निःशुल्क प्रदान गरिएको थियो ।  जनरल फिजिसिनका रुपमा डा. केदार नरसिंह के.सी.ले छाति रोग तथा स्वास प्रस्वासका विरामीहरुको संख्या धेरै देखिएको बताताउनुभयो ।

स्थानीय आमा समूहको आयोजनामा ॐ हस्पिटल तथा भोर्ले हेल्थ पोष्टको सहकार्यमा आयोजना गरिएको एकदिवसिय स्वास्थ्य परिक्षण शिविरमा दन्तरोग विशेषज्ञ, जनरल फिजिसियन, रेडियोलोजि (अल्ट्रासाउण्ड) सेवा सहित निःशुल्क औषधि वितरण गरिएको थियो ।

वरिष्ठ फिजिसियन डा. केदार नरसिंह के.सी.

शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका  आठ सय जना भन्दा बढी विरामीको स्वास्थ्य परिक्षण गरिएको शिविरको नेतृत्व गर्नुभएका वरिष्ठ फिजिसियन डा. केदार नरसिंह के.सी.ले सफल नेपाललाई बताउनुभयो ।

ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ

शिविरमा व्यवस्थापकीय भूमिकामा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा स्थानीय संयोजकका रुपमा बरिष्ठ  डेन्टल हाइजिनिष्ट राजेन्द्र रानामगर रहनुभएको थियो । सफल नेपाल


ताजा खबर