काठमाडौँ-तराई द्रुतमार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेको सुरुङमार्ग आज छिचोलिएको छ ।

द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं‍ २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी यही जेठ ०४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।

आजको कार्यक्रम रक्षामन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षासचिव किरण राज शर्मा, रथीवृन्द लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरूको उपस्थितिमा भएको थियो ।

सोही अवसरमा रक्षा मन्त्रीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरूको अवलोकनसमेत गर्नु भएको  थियो ।


ताजा खबर