दूरसञ्चारका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार भन्दा बढी रुपियाँ गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

कार्यकारी निर्देशकको पदमा २०७८ चैत २४ सम्म कार्यरत रहेको र २०७८ चैत २५ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भई सो अवधिमा आयआर्जन गरेको निजको कुल खर्च तथा लगानी २४ करोड ९४ लाख ७१ हजार १७१ रुपियाँ देखिएकोले स्रोत नखुलेको रकम २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपियाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले  निजका सहोदर दाजु अनिल पौडेललाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको  विज्ञप्तिमा उल्लेख छ । रासस


ताजा खबर