एसिसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र युएइ भिड्दै

 नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज युनाइटेड अरब इमिरेट्स यूएईसँग खेल्दैछ । ओमानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल चिर परिचित प्रतिद्वन्द्वी युएइसँग भिड्न लागेको हो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल आज ११:४५ बजे शुरु हुने कार्यक्रम छ । प्रतियोगिताको समूह चरणको सबै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल चरणमा पुगेको हो ।

एक खेल हारेको युएइले भने समूह बीको उपविजेताको रुपमा नेपालसंग भेट पक्का गरेको हो । सेमिफाइनआल अन्तरगत आजै हुने अर्को खेलमा आयोजक ओमानले हङकङ विरुद्ध खेल्नेछ । फाइनल विजेता एउटा टोली एसिया कपको लागि छानिने छ । रासस


ताजा खबर