आवास सङ्कट समाधान गर्न क्यानाडाको नयाँ योजना

क्यानाडा सरकारले राष्ट्रिय आवास सङ्कट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजनाको घोषणा गरेको छ ।

यस योजनाले क्यानडा ‘मोर्टगेज एण्ड हाउजिङ कर्पोरेसन’ को प्रक्षेपणमा सन् २०३१ सम्ममा ३८ लाख ७० घरहरू आवासका लागि तयार गर्ने महत्त्वाकाङ्क्षी रणनीति तय गरेको छ । यो योजनामा २० लाख नयाँ घर निर्माण गर्ने लक्ष्य समावेश छ ।

सरकारले सन् २०२३ र सन् २०२४ मा लिइएको उद्देश्य अनुप १२ लाख नयाँ घरहरू निर्माणमा सहयोग गर्ने र सन् २०३१ सम्ममा कम्तीमा आठ लाख थप घरहरू निर्माण गर्ने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ योजनाअनुसार आवासलाई किफायती बनाउने प्रतिबद्धता गरिएको छ । यसले कुनै पनि कडा परिश्रम गर्ने क्यानाडालीले आफ्नो आम्दानीको ३० प्रतिशतभन्दा बढी आवास खर्चमा खर्च गर्नुपर्दैन ।

“कुनै पनि नागरिकले बस्नको लागि सुरक्षित ठाउँ छैन भन्ने चिन्ता गर्नुपर्ने अवस्था आउनु ठिक होइन,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानाडालीले नागरिकमा अहिले सबैभन्दा ठुलो तनाव  आवासको रहेको र परिवारलाई बस्नको लागि राम्रो ठाउँ पाउन गाह्रो भइरहेको छ । घरहरू बनाउनको लागि धेरै उच्च लागत रहेको र परियोजनाहरू पूरा गर्न धेरै लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा


ताजा खबर