नव वर्ष २०८१ को शुभकामना

~शोभा पाण्डेय सिलवाल 

घुमिफिरी असी गयो एकासी साल आयो
सब जनामा नयाँ जोश उमङ्गले छायो ।
बिघ्न बाधा हटी जाओस् पुरानोका सबै
हातेमालो  गर्दै अघि  बढौँ  नयाँ सालमा लहै ।
एक अर्काको हृदयमा सद्भावना छाओस्
हत्या हिँसा कुसंस्कारको जालो तोडी जाओस् ।
वसन्त बहार जस्तो बनोस् नयाँ वर्ष
तीन कोटी नेपालीमा छाओस् सदा हर्ष ।
उद्देश्य र नियत सबको निर्मल नै बनून्
तेत्तीस कोटी देवताले सबको रक्षा गरून् ।
मनको चाह पूरा होओस् दिँदा नसकियोस्
फलको आशा नगरियोस् कर्म सबले गरोस् ।
मन सबको शान्त रहोस् यो एकासी सालमा
तुफानलाई झेल्ने शक्ति मिलोस् जीवनमा ।
फूल जस्तै फुल्न सकोस् जीवन नेपालीको
सुवास बनी छर्न सकून् वासना सुगन्धको ।
पाइला सदा अघि बढून् सगरमाथा चुम्न
कुरीति र कुसंस्कारलाई उखेलेर फाल्न  ।
वसन्त ऋतुमा फूल फुल्यो जमुना
एकासी सालको छ शुभकामना  ।

ताजा खबर