प्रिमियर कपको पहिलो खेलमा नेपाल र मलेसिया भिड्ने

ओमानमा चैत ३० गतेदेखि सुरु हुने एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलका अनुसार प्रिमियर कपकाे समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । त्यसैले नेपाललाई यसपटक उपाधि रक्षा गर्ने चुनौती छ ।

नेपाली टोली भारतको गुजरातमा आयोजित एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता खेलेर उतैबाट ओमान गएको हो । गुजरात र बरोडा क्रिकेट सङ्घ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो ।


ताजा खबर