भारतका दश बैंकबाट क्यूआर भुक्तानी सेवा सुरु

नेपाल आउने भारतीय नागरिकले  क्युआर मार्फत भुक्तानी गर्न  फोनपे गर्न सक्ने ।

नेपाल–भारतबीच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार भारतीय बैंकको खातामा रकम भए भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ ।

यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।

त्यसपछि दुई देशका केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता  भएको थियो ।

सो सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई) ले अघि बढाउने उल्लेख थियो । फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने जानकारी सार्वजनिक गरेका छन् ।

१३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावको अनुमति प्रक्रिया पूरा हुन बाँकी रहेको छ । सफल नेपाल


ताजा खबर