उपनिर्वाचनका उम्मेदवारहरुलाई आज चुनाव चिह्न दिइने

निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क)मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।

उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिह्न पनि आजै प्रदान गरिने आयोगले जनाएको छ । रासस


ताजा खबर