उप निर्वाचनका उम्मेदवारको नाम आज सार्वजनिक गरिने

 उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदै छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवार विरुद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेको जनाएको थियो । हिजो साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

साथै, चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रक्रिया सुरु गरेको हो । रासस


ताजा खबर