गरिमा बैंकको सीईओमा माधवप्रसाद उपाध्याय

 गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ ।

सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई १ वैशाख २०८१ देखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापनाकालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ।


ताजा खबर