फ्रेन्डशिप कप टि-२० : बरोडालाई हराउदै नेपाल विजयी

एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखला खेल्न गुजरातमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा गुजरात विरुद्ध ८ विकेटको जित निकालेको नेपालले आज भएको खेलमा बरोडालाई २७ रनले पराजित गर्न सफल भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन जोडेको थियो । नेपालका लागि कुशल मल्लले अविजित रहँदै २५ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४० रनको इनिङ खेले । ओपनिङ ब्याटर कुशल भुर्तेल ९ र आशिफ शेख ९ रन बनाएर आउट भए । कप्तान रोहित कुमार पौडेल १८ रन बनाएर रन आउट भए भने अनिल शाह २५ गुलशन झा १३ सन्दिप जोरा २९ र दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट रहे ।

blog

नेपाल विरुद्ध बरोडाका बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १-१ विकेट लिए । नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १ सय २९ रन मात्र जोड्यो । बरोडाका लागि भानु पानियाले सर्वाधिक ३८ रन बनाए । बाबा खानले २७ रन प्रहार गरे ।

यस्तै कप्तान विष्णु सोलाङ्कीले २५ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालको लागि करन केसीले ३ तथा सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए । यस्तै गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए । यसअघि खेलेका खेलमा नेपाल गुजरात विरुद्ध ८ विकेटले विजयी भएको थियो भने गुजरात र बरोडाबीचको खेलमा गुजरात ५ विकेटले विजयी भएको थियो । नेपालले अब आफ्नो तेस्रो खेलमा भोलि गुरजात संग पुनः खल्ने कार्यक्रम छ । रासस


ताजा खबर