त्रिकोणात्मक टी २० सिरिजमा नेपाल र गुजरात भिड्ने

त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबिच प्रतिस्पर्धा हुँदै छ ।

खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

नेपालले ओमानमा हुने एसिसि प्रिमियर कपको तयारी स्वरूप सिरिज खेल्दै छ । नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । रासस


ताजा खबर