ॐ हस्पिटलमा हेल्पिङ वेविज ब्रिद कार्यशाला सम्पन्न

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवजात शिशुलाई स्वास प्रश्वासमा सहयोग गर्ने विषयमा एकदिने कार्यशाला “हेल्पिङ वेविज ब्रिद” वर्कशप समपन्न भएको छ ।

May be an image of 3 people, people smiling, dais, hospital and text

ॐ अस्पतालमा कार्यरत नर्सिङ स्टाफ तथा मेडिकल अफिसरहरुका लागि नवजात शिशुको उपचार तथा स्याहारका क्रममा अत्यावश्यक (लाइफ सेभिङ स्किल्स) जीवन रक्षाका सीपहरुवारे प्रयोगगात्मक अभ्यास सहित प्रशिक्षण गरिएको थियो ।

May be an image of 10 people, people studying and hospital

नवजात शिशु आमाको गर्भबाट बाहिर निस्कनासाथ पहिलो एक मिनेट (गोल्डन मिनेट) मा सास फेर्न कठिनाइ भएका र चुनौतीपूर्ण अवस्थाका शिशुहरुलाई सास फेर्न तत्काल सहयोग गर्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थालाई सामना गर्न अस्पतालको अपरेशन थिएटर र एनआइसियूमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

May be an image of 4 people and hospital

नवजात शिशुको स्याहार तथा उपचारकालागि आवश्यक औजार, उपकरण तथा औषधि लगायतका सामग्री तयार गर्ने, ति सामग्रीहरुको आवश्यकता अनुसार सहि उपयोग गर्ने तथा शिशुलाई संक्रमण तथा चिसोवाट बचाउने लगायतका सिप कार्यशालामा सिकाइएको थियो ।

May be an image of 10 people, hospital and text

कार्यशालाको उद्घाटन मन्तव्यका क्रममा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले यस किसिमका तालिमले अस्पतालको नवजात शिशु स्याहार तथा उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

May be an image of 4 people, hospital and text

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले कार्यशालामा सहभागी सबैलाई शुभकामना दिनुहुँदै सिकेका ज्ञान र सिप उपचार तथा स्याहारका समयमा उपयोग गर्न आग्रह गर्नुभयो । अस्पतालले आगामी दिनमा पनि यस किसिमका क्लिनिकल स्किल बढनउने तालिमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

May be an image of 1 person, dais and text

मन्तव्यकै क्रममा ॐ अस्पतालकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा विरामीका आफन्तवीचको प्रभावकारी सम्वादको महत्व र हेल्पिङ वेबी व्रिद तालिम र नवजात शिशुको जीवन रक्षा गरेर मृत्युदर घटाउन यसले पुर्याएको योगदानवारे प्रकाश पार्नुभएको थियो ।

May be an image of 10 people and hospital

ॐ अस्पतालको सभाकक्षमा आयोजित कार्यशालामा ॐ अस्पतालकी वरिष्ठ वालरोग विशेषज्ञ डा.रिता सिंह, ॐ अस्पतालकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, नर्सिङ इन्सट्रक्टरहरु रेणुका पराजुली, रानु शर्मा, ज्वाला सुवेदी, सरोजा बज्राचार्य, बुद्धलक्ष्मी महर्जन, सरिता भण्डारी र अस्मिता पण्डितले प्रशिक्षण दिनुभएको थियो ।

May be an image of 3 people, hospital and text

कार्यशालामा सहभागी सबैलाई ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी र नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले सहभागिताको प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।

May be an image of 3 people and hospital

May be an image of 4 people and hospital

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले नियमित नर्सिङ शिक्षा कार्यक्रमसँगै समय समयमा यस किसिमका विशेष कार्यशाला सञ्चालन गर्ने गरेको छ । रासस


ताजा खबर