आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा

विकेटकिपर विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वल्भ्सको सामना गर्ने नेपाल ‘ए टोली घोषणा भएको छ ।

नेपाल ‘ए’ले आयरल्यान्ड वल्भ्ससँग ३–३ टि–२० र एक दिवसीय खेल खेल्नेछ । दुई फर्म्याटका लागि दुई फरक टोली घोषणा गरिएको छ । त्यसअघि नेपालको सिनियर टोलीले वल्भ्ससँग २ टि–२० खेल्ने कार्यक्रम छ ।

टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी, विकास आग्री रहेका छन् । रासस


ताजा खबर