कुमारी बैंकको वित्तीय साक्षरता भिडीयो श्रृंखला र पुस्तक सार्वजनिक

कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता र सचेतना प्रवर्धन सँगै उद्यमीहरूलाई सशक्तिकरणका लागि महत्वपूर्ण कदम चालेको छ ।

यसका लागि बैंकले विहिवार प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र  कलाकार दीपाश्री निरौलाको उपस्थितिमा आफ्नो वित्तीय साक्षरता सम्वन्धि भिडीयो श्रृंखला र पुस्तक एकैँसाथ सार्वजनिक गरेको हो ।

बैंकिङ्ग सेवाहरू विवेकपूर्ण तरिकाले उपयोग गर्न सिकाउने सो भिडीयो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने लगायतका विषयहरूलाई समेटेको बैंकले जनाएको छ ।

भिडीयो श्रृंखला र पुस्तक ग्रामिण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरुलाई पनि सहयोगी हुने र यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ । दीपाश्री निरौला, दमन रुपाखेती, शिव शंकर रिजाल लगायतका  कलाकारहरुको अभिनय रहेको भिडीयो श्रृंखला अत्यन्त प्रभावकारी रहेको र यसले  वित्तिय साक्षरता अभियानलाई प्रभावकारी  बनाएको बैंकको दाबी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले वित्तीय साक्षरता र सचेतना सहित उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले जनहितमा अभियान शुरु गरेको बताउनुभयो ।

कुमारी बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने पुस्तक र भिडीयो श्रृंखलाले नव उद्यमीहरू तथा साना व्यवसायीलाई वित्तीयरुपमा शिक्षित बनाउने र व्यवसायिक सशक्तिकरणमा समेत टेवा पुर्याउने उहाँको विश्वास छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले  देशभर रहेका ३०२ शाखाहरु , ३१५ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी बैंङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ भने आगामी दिनमा पनि थप सरल, सुलभ र उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।  सफल नेपाल


ताजा खबर