बैदेशिक रोजगारिमा जानेको अब एक घण्टामै श्रम स्वीकृती

बैदेशिक रोजगारिमा जानेहरुले अबदेखि एक घण्टामै श्रम स्वीकृत पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आगामी शुक्रवारदेखि एक घण्टामैश्रम स्वीकृत दिने भएको छ । यसअघि श्रम स्वीकृत लिन छिटोमा तीन दिनदेखि एक साता समय लाग्ने गरेको थियो ।

श्रम स्वीकृत दिने कार्यलाई छिटो र छरितो बनाउन सरकारले शुक्रवारदेखि यो व्यवस्था लागू गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले बताउनुभयो ।

मन्त्री अर्यालले श्रम स्वीकृत लिन वैदेशिक रोजगार विभागमा ठुलो भ्रष्टाचार र ठगी भएका कारण त्यसलाई व्यवस्थित गर्न शुक्रवारदेखि वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली सुरु हुने बताउनु भयो ।

यसअघि एक छिनमा हुने काममा महिना दिन कुराउने काम भईरहेका करण यो सिस्टमले त्यस्ता विकृति छिटै हट्ने उहाको भनाई छ । अब देखि श्रम स्वीकृतका लिनका लागि वैदेशिक रोजगार विभागमा उपस्थित हुनु नपर्ने गरी अनलाइनमार्फत लिन सकिने व्यवस्था गर्न लागिएको हो । यद्यपी त्यसका लागि अहिलेको सिस्टमलाई थप व्यवस्थित गर्न थालिएको छ ।

विभागको तथ्याङ्कअनुसार हाल दैनिक करिब २ हजार कामदारले नयाँ तथा पुनः श्रम स्वीकृत लिने गरेका छन् । रासस


ताजा खबर