कुमारी बैंकमा रिकरिङ निक्षेप गोल क्याल्कुलेटर सेवा

कुमारी बैंक लिमिटेडले नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ ।

१२ औँ  ग्लोबल मनी वीकको अवसरमा यो सेवा सुचारु गर्न लागेको बैंकले जनाएको छ ।

ग्लोबल मनी वीक विश्वव्यापी वार्षिक वित्तिय सचेतना अभियान हो जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो को समाधानका उपायहरु सिकाउने गर्दछ ।

विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्थाका रुपमा  कुमारी बैंक लिमिटेड पनि यस अभियानमा सक्रिय रुपमा जोडिएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ ।

यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविस्यमा जम्मा हुन सक्ने बचत, सो बचत बाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्दछन ।

कुमारी बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने, बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तै इ. एम. आइ. क्याल्कुलेटरहरु पनि उपलब्ध भएको जनाएको छ । रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न तत्कालको लागी कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने जनाइएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखाहरु , ३१४ एटिएम, ६५ शाखारहित बैंकिङ्ग ईकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गर्दै आएकोे छ र आगामी दिनमा थप सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार, प्रविधि र क्षमतालाई सुदृढ गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ । –सफल नेपाल


ताजा खबर