माओवादी उपाध्यक्ष महरा पक्राउ : स्वास्थ्यका कारण अस्पतालमा

४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश

सुन तस्करीमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परेका छन् ।

काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै आएका महरालाई आज रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सुन तस्करी सम्बन्धी जाँचबुझका लागि बनेको उच्च स्तरीय आयोगले कारवाही गर्न सिफारिस गरेको थियो । त्यस लगत्तै उनी प्रहरीको उच्च निगरानीमा रहेका थिए ।

महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उहाँलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएपछि हाल उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

आइतबार मात्र गृहमन्त्री रवि लामछिानेले सुन तस्करी प्रकरणमा मुछएिका सबै जनामाथि अनुसन्धान प्रक्रयिा अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनु भएको थियो । सफल नेपाल


ताजा खबर