बुढासुब्बा गोल्डकप उपाधि एनआरटीले जित्यो

२४औँ अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) काठमाडौँले जितेको छ । धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।

एनआरटीको जितमा अफिज अल्वालले सातौँ मिनेटमा र सरोज तामाङले ५१औँ मिनेटमा गोल गर्नुभयो । मोरङका उमेश कार्कीले ४४औँ मिनेटमा एक गोल गर्नुभएको थियो । उपाधिसँगै एनआरटीले १० लाख र उपविजनेता मोरङले पाँच लाख रुपियाँ पुरस्कार पायो ।

एनआरटीका सनम लिम्बु सर्वोत्कृष्ट खेलाडी हुनुभयो । उहाँले एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गतेदेखी सुरु भएको प्रतियोगितामा विदेशीसहित आठ टोलीको सहभागिता थियो । रासस


ताजा खबर