लोहसालमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य परिक्षण

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।

ॐ हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।

May be an image of 6 people and clarinet

टोलबासी समेत रहनुभएका ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम औपचारिक उद्घाटन गर्नुभएको थियो ।

May be an image of 10 people and text

शिविरमा सहकारीका बचतकर्ता सदस्यहरु र स्थानीय वासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिनुका साथै परामर्श तथा निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।

May be an image of 4 people, people studying and text

स्थानीयलाई समुदायमै पुगेर विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने र थप उपचार आवश्यक भएमा ॐ हस्पिटलमा विशेष छुट प्रदान गरिने व्यवस्था सहित ॐ हस्पिटलले सामान्य चिकित्सा, स्त्री तथा प्रसुतीरोग, मुटुरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवा सहित शिविर सञ्चालन गरेको हो ।

May be an image of 10 people, flute, crowd and text

अध्यक्ष डा. श्रेष्ठले सम्बोधनका क्रममा आफ्नो टोलवासी स्थानीयहरु र समुदायका लागि हरसम्भव सहयोग गर्न ॐ हस्पिटल सदा तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । ॐ हस्पिटलले स्थापना कालदेखी नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका कार्यक्रम संचालन गर्दै आएको जिकिर गर्नुहुँदै स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परिक्षण र सचेतनामूलक कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्दै जाने बताउनुभयो ।

May be an image of 6 people, shawl, temple and text

कार्यक्रमलाई सम्वोधन गर्दै अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईलेले सदस्य बचतकर्ता, स्थानीय जनमानसको स्वास्थ्य परिक्षणको अनुरोध स्वीकार गरी सेवा प्रदान गरिदिएकोमा ॐ हस्पिटल परिवारलाई हार्दिक धन्यवाद दिनुभयो । विशेष पहल र सहयोगका लागि डा. आनन्द प्रसाद श्रेष्ठ र सूर्य कुमारी श्रेष्ठलाई विशेष धन्यवाद दिनुभयो ।

May be an image of 5 people and temple

May be an image of 7 people, people studying, hospital and text

शिविरमा सामान्य चिकित्सा, मुटुरोग, इ.सि.जी., स्त्री तथा प्रसुती रोग र स्त्री क्यान्सर लगायतका परिक्षणमा एक सय उनानब्बे जनाले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गर्नुभएको जसमध्ये १२५ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको शिविरकी संयोजक समेत रहनुभएकी ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले बताउनुभयो ।

May be an image of 4 people, people studying, slow loris and hospital

धुम्वाराही चप्पल कारखाना नजिकै रहेको लोहसाल स्थित ओलिभर पव्लिक स्कुलको प्राङ्गणमा शनिवार विहान ९ बजेदेखी शुरु भएको  स्वास्थ्य परिक्षण कार्यक्रममा ॐ हस्पिटलका स्त्री क्यान्सर रोग विशेषज्ञ डा. विनोद अर्याल, मुटुरोग विशेषज्ञ डा. कमल लम्साल , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रोशन गोंगल तथा जनरल फिजिसियन डा. परशुराम घिमिरेले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

May be an image of 2 people, people studying, hospital and text

May be an image of 3 people, people studying, hospital and text

May be an image of 2 people, hospital and text that says 'अस्पताल तथा रिसर्च सेन्टर n #'

शिविरमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र मेडिकल डाइरेक्टर डा. हरिश जोशी पनि उपस्थित भई सहभागिहरुको हौसला बढाउनु भएको थियो ।

May be an image of 4 people and text

No photo description available.

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवा सुलभ मूल्यमा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो जसले तिन दशक अघिदेखी  अविच्छिन्न रुपमा  विश्वस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।


ताजा खबर