उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, आर्थिक विकास र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो औँल्याइएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधवार उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हित र स्वार्थको संरक्षणको लागि आवश्यक नीति तर्जुमा तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

प्रधानसेनापति शर्माले नेपालको सन्दर्भमा, संवेदनशील भूराजनीति, खुल्ला सिमाना र विभिन्न शक्ति राष्ट्रहरूको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहु निकायसँग सरोकार राख्ने विषय भएकाले सुदृढ सुरक्षाको लागि राज्यका निकायबीच संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

चैत्र १६ गतेसम्म सञ्चालन हुने तालिममा विभिन्न मन्त्रालय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरू, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागबाट ३० जनाको सहभागिता छ । रासस


ताजा खबर