मिसन पूरा गरी चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ६ महिनाको मिसन पूरा गरेर चार देशका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले, डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गर्नुभएको थियो ।

गत अगस्टमा अन्तरिक्ष स्टेसनमा गएको टोलीले झण्डै आधा वर्षको मिसन पूरा गरी उनीहरुको क्याप्सुल हिजो फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिकोको खाडीमा सुरक्षित रुपमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चार जनाको टोलीले एक सय ९९ दिन कक्षमा बिताएका थिए । एपी


ताजा खबर