राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल बहुमतले निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत विभाजन भएको हो ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत प्राप्त भयो । यससँगै युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

मतदान प्रक्रियामा ५६ जना सदस्य सहभागी थिए । पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बनेको सत्ता गठबन्धनले अध्यक्षको निर्वाचनमा ओवादीका दाहालाई समर्थन गरेको थियो ।

दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । यसअघिको गठबन्धनमा कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको थियो ।

तर, माओवादीले एमालेसहित नयाँ चार दलसम्मिलित गठबन्धन बनाएर सरकार बनाएपछि कांग्रेसले सिटौलाको ठाउँमा शर्मालाई उम्मेदवार बनाएको थियो ।

नवनिर्वाचित  अध्यक्ष नारायण दाहालले मंगलवार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सपथ ग्रहण लगत्तै दाहालले सिंहदरबारस्थित कार्यकक्षमा मंगलवार नै पदभार ग्रहण गर्नुभएको छ।

blog

पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ।

 


ताजा खबर