मुलुकको चालु खाता १ सय ६१ अर्ब ६९ करोडले बचतमा

 चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मुलुकको चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक रहेको थियो । रासस


ताजा खबर