यस्तो छ पशुपतिनाथ दर्शनका लागि कोषको तयारी

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको छ ।

कोषले शिवरात्रिका दिन दर्शनार्थीलाई सहज र सुरक्षित तरिकाले छिटो दर्शनको व्यवस्था मिलाइएको जनाएको छ । पशुपतिनाथको दर्शनका लागि चारै ढोकाबाट लाइनको व्यवस्था गरिएको छ ।

शिवरात्रीका दिन यसपालि करिब १० लाखले दर्शन गर्ने कोषको अनुमान छ । मेलाका लागि स्काउटसहित ६ हजार स्वयंसेवक परिचालन गरिनेछ ।

स्वास्थ्य शिविर, आवास तथा भोजनको नि:शुल्क व्यवस्था गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि तिलगंगा, कोषको कार्यालय, गौशाला प्रहरी, सिफल चौर, गुहेश्वरी गरी पाँच स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थहरुको बिक्री-वितरणमा रोक लगाइएको छ ।

यसपालि दर्शनका लागि कुनै पनि पासको व्यवस्था भने गरिएको छैन । रासस


ताजा खबर