देश तथा विदेशमा एकै साथ ‘महाजात्रा’ : चैत ९ देखि

चलचित्र ‘महाजात्रा’ आउँदो चैत ९ गते देश तथा विदेशमा एकै साथ प्रदर्शन हुने भएको छ ।

महाजात्राको टिमले आउँदो चैत ९ गतेदेखि स्वदेश तथा विदेशमा एकै साथ उक्त फिल्म प्रदर्शनी गर्ने तयारी गरेको जनाएको छ ।
उक्त फिल्मको चैत्र ९ गते भन्दा अघि नै पोखरामा प्रिमियर सो हुने तयारी गरिएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताउनुभयो ।

चर्चित हाँस्यकलाकार हरिवंश आचार्यले प्रदीप भट्टराईको निर्देशनमा पाँचौँ फिल्ममा आफु जोडिएकोले त्यस फिल्ममा मुख्य भूमिकामा प्रस्तुत: भएको बताउनुभयो । उहाँले देशको परिस्थितिलाई दर्शाउन खोजेको उल्लेख गर्दै उहाँले सायद महाजात्रा यो वर्षको उत्कृष्ट फिल्म बन्न सक्ने दाबी गर्नुभयो ।

हाँस्यकलाकार राजाराम पौडेलले चलचित्रको खानी पोखरामा फिल्म बन्ने र माया गर्ने दर्शक भएको दाबी गर्नुभयो ।

कार्यकारी निर्माता: रवीन्द्रसिंह बानियाले धेरै कलाकारसहित देशको समसामयिक विषयमा फरक ढंगले अभिनय भएको उक्त फिल्मले दर्शकको मन जित्ने दाबी गर्नुभयो ।

चलचित्रको मुख्य भूमिकामा विपीन कार्कीसहित रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य लगायतका कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ । रासस


ताजा खबर