नेकपा एमालेको मुख्य सचेतकमा महेश बर्तौला

नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ ।

सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरूलाई आज सो जिम्मेवारी दिनुभएको हो ।

यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य हुनुभएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाउनुभएको हो ।

सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुन्छ । रासस


ताजा खबर