तीन जना मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोरप्रसाद अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले तीन मन्त्री नियुक्त गर्नुभएको थियो ।

आइतवार बसेको नयाँ गठबन्धनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि तीन मन्त्रीलाई शपथ गराइएको हो ।

प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरू दलको एक एक जना सहभागी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।

तीनै जना मन्त्रीहरूकाे मन्त्रालयकाे जिम्मेवारी भने ताेकिएकाे छैन ।


ताजा खबर