सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालसँग

प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघिको सत्ता गठबन्धनबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेका छन्।

कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएसँगै प्रधानमन्त्री प्रचण्डले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गर्दै सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ गठबन्धनबाट आज मन्त्री बन्नु भएका तीन जनाले शपथ लिए उहाँहरुको जिम्मेवारी तोकिएको छैन । कार्यभार पछि तोक्ने गरी माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले आज मन्त्रीपदको  शपथ लिनु भएको छ ।


ताजा खबर