एमाले र माओवादी सहित चार दलबीच आठ बुँदे सहमति

नयाँ सत्ता समीकरण बनाएका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बीच आठ बुँदे सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि चारै दलबीच नयाँ सत्ता समीकरणका लागि सहमति बनको हो। आठ बुँदे सहमतिअनुसार, माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै सरकारको नेतृत्व गर्नेछन्।

त्यस्तै, राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको छ। राष्ट्रिय सभाको अध्यक्ष पद रिक्त रहेको छ। उपाध्यक्षमा अहिले माओवादीका तर्फबाट उर्मिला अर्याल छन्।

चार दलले सहमतिमै मन्त्रालय बाँडफाँड गर्ने पनि तय गरेका छन्। यसका लागि मन्त्रालयको वर्गीकरण गर्ने सहमति बनेको छ।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष दाहाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

 

 

 


ताजा खबर