वाफ महिला च्याम्पियनसिपमा नेपाल र जोर्डन खेल्ने

वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । अस्ति लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो  ।

जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो । रासस


ताजा खबर