ॐ हस्पिटलमा संक्रमण रोकथाम तथा नियन्त्रण कार्यशाला सम्पन्न

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।

May be an image of 7 people, people smiling, hospital and text

हस्पिटलको संक्रमण रोकथाम तथा नियन्त्रण विभागको अगुवाइमा सञ्चालित कार्यशालामा संक्रमण नियन्त्रणका विविध आयामहरुवारे छलफल तथा प्रयोगात्मक अभ्यास गरिएको थियो ।

May be an image of 14 people, people studying and hospital

अस्पतालमा विरामीको उपचारका क्रममा संक्रमण विरुद्ध अपनाउनु पर्ने सावधानी र संक्रमण विरुद्ध लड्ने रणनीतिहरुमा सम्वन्धित विषयका राष्ट्रिय प्रशिक्षकहरुले अनुशिक्षण दिनुभएको थियो ।

May be an image of 6 people and people studying

कार्यशालामा विरामी, चिकित्साकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीहरुका लागि संक्रमणबाट सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिइएको थियो ।

May be an image of 5 people, slow loris and hospital

त्यसैगरी, व्यवसायजन्य सम्भावित स्वास्थ्य जोखिमबाट जोगाउने सम्भावित उपायहरु, हात धुने सहि तरिका र हातको सवच्छताको भूमिका वारे प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

May be an image of 6 people, people studying and hospital

संक्रकित र आइसोलेशनमा रहेका विरामीको स्याहार गर्दा पिपिइ लगाउने र फुकाल्ने सहि र सुरक्षित तरिका बारे पनि सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गरिएको थियो ।

May be an image of 4 people, people studying and hospital

संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन आवश्यक अनुगमन र निगरानीलाई थप वैत्रानिक र उपयोगी बनाउनुपर्नेमा विज्ञहरुको जोड थियो ।

May be an image of 5 people, people studying, hospital and text

संक्रमण नियन्त्रण सम्वद्ध विषयहरुको विश्लेषण र संक्रमण नियन्त्रणको उचित निर्णयका लागि सही ढङ्गवाट तथ्याङ्क संकलन गर्नु अपरिहार्य रहेकाले गम्भिरतापूर्वक रेकर्ड राख्न समेत सुझाएको थियो ।

May be an image of 5 people, people studying and newsroom

May be an image of text that says "Ta Infection revention"

कार्यशालामा सहभागिहरुलाई ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, सघन उपचार विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठ, ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा प्रशासन व्यवस्थापक विपिन जङ्गमले बधाई तथा शुभकामना दिनुभएको थियो । सहभागी सबैलाई कारयशालामा सहभागि भएको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

May be an image of 2 people, people smiling, people studying and text

May be an image of 5 people, hospital and text

ॐ हस्पिटलले समय समयमा आफ्ना नर्सिङ स्टाफहरुको सीप र दक्षता अभिबृद्धिकालागि यस किसिमका कार्यशाला तथा पुनर्ताजगी कार्यक्रमहरु सञचालन गर्दै आइरहेको छ ।


ताजा खबर