पाकिस्तानमा भोली हुने आम निर्वाचनको तयारी तीव्र

पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताउनुभएको छ ।

सिइसीले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई पाकिस्तानले विदेशी चुनाव पर्यवेक्षकहरूका लागि खुला द्वार नीति अपनाएको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन व्यवस्थापन प्रणाली (इएमएस) स्थापना गर्ने निर्णय गरेको एआरवाई न्युजले जनाएको छ ।

निर्वाचन आयोगका सचिव सैयद आसिफ हुसेनले एआरवाई न्युजसँगको अन्तरवार्तामा तीन हजार छ सय जनाले इएमएस प्रणाली सञ्चालन गर्न तालिम लिएको र तीन हजार थान कम्प्युटर स्थापना गरिएको उल्लेख गर्नु भएको छ । एआरवाई न्युजका अनुसार ईएमएस परीक्षणका क्रममा उत्पन्न समस्या समाधान गरी निजी नेटवर्क स्थापना गरिएको र तिनीहरू इन्टरनेट पहुँच बिना पनि काम गर्ने वातावरण निमार्ण गरिएको छ ।

यसैबिच, एउटा अन्तरवार्तामा, महानिर्देशक खिजर हयातले ४० स्थानमा चुनावमा इएमएस प्रयोग गरी चुनावको निर्बाध सञ्चालन सुनिश्चित गर्न यसको प्रविधिमा सुधार गरिएको पुष्टि गर्नु भयो । पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ गते हुने आम निर्वाचन अघि देशका सबै निर्वाचन क्षेत्रका लागि २६ करोड मतपत्र छाप्ने काम पनि सम्पन्न गरेको छ । रासस/एएनआइ


ताजा खबर