साफ यू–१९ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्ने

बङगलादेशमा जारी उमेर समुहको साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समुहको अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दैछ । ढाकाको मुस्ताफा कमल रंगशालामा यो खेल हुनेछ ।

यसअघि भएको दोस्रो खेलमा भुटान विरुद्द नेपाल १-० गोल अन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ । २ खेल खेलेको नेपालको मात्र ३ अंक छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् । सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । रासस


ताजा खबर