वनस्पतिमा आधारित परिकार प्रदर्शनी ‘भिगन महोत्सव’

पशु अधिकारसम्बन्धी संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन महोत्सव’ गर्ने भएको छ । संस्थाले पत्रकार सम्मेलन गरेर आगामी फागुन १९ गते उक्त महोत्सव हुने जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार तथा सामग्रीको प्रदर्शनी गरिने र भिगन सामग्रीको बिक्री वितरणका लागि स्टल पनि राखिने जानकारी दिनुभयो । महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनीका साथै बालबालिकाका लागि प्रतिस्पर्धात्मक खेल पनि हुनेछ ।

नेपाल होमस्टेका प्रबन्ध निर्देशक विकेश श्रेष्ठले आफूले विगत २२ वर्षदेखि भिगन भएको र वृद्ध हुँदै गएको शरीर झन तन्दुरुस्त रहेको अनुभव सुनाउनुभयो । भेज तथा भिगन खानाका लागि प्रख्यात रेष्टुराँ उत्पला क्याफेका म्यानेजर दीपक बोहराले उत्पला क्याफेमा ८० प्रतिशत खाना भिगन बन्ने जानकारी दिनुभयो ।

स्नेहाज कियरले विगत आठ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आएको छ । स्नेहाज केयरले पशुपन्छीको उपचार, उद्धार तथा पुनःस्थापना, कुकुरको जनसङ्ख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


ताजा खबर