राष्ट्रिय सभामा गठबन्धनका १८ र एमालेका १ जना विजयी

राष्ट्रिय सभाको हिजो सम्पन्न निर्वाचनको परिणामले माथिल्लो सदनको दलीय संरचनामा व्यापक परिवर्तन भएको छ ।

निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दा नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ । १९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन् ।

परिणाम अनुसार माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य सङ्ख्या यसअघि एमालेको सदस्य सङ्ख्या जति नै १७ पुगेको छ ।

यसअघि तेस्रो ठूलो दल रहेको नेपाली कांग्रेस १६ सदस्य सङ्ख्यासहित दोस्रो ठुलो दल बनेको हो । कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदै छ ।

नेकपा एमालेका एक उम्मेदवार निर्वाचित भएपनि सो दलको राष्ट्रिय सभामा सदस्य १० जनामा सीमित हुन पुगेको छ । उसको आठ जना सदस्यको पदावधि सकिन लागेकोमा एक जना मात्रै निर्वाचित भए ।

निर्वाचित राष्ट्रिय सभाका १९ सांसदहरुः
बिहीबार भएको निर्वाचनबाट कोशी प्रदेशः कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला
मधेश प्रदेशः कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी

बागमती प्रदेशः नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल

गण्डकी प्रदेशः नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा

लुम्बिनी प्रदेशः कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी

कर्णाली प्रदेशः नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया

सुदूरपश्चिम प्रदेशः माओवादीकी रेणु चन्द, कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा

फागुन २० मा राष्ट्रिय सभाबाट बिदा हुँने सांसदहरुः
एमाले: राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई

कांग्रेस: रमेशजंग रायमाझी,अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव

माओवादी: महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल,

नेकपा एस: सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं

जसपा: प्रमिलाकुमारी यादव

स्वतन्त्र सांसद खिमलाल देवकोटा


ताजा खबर