आईसीसी यू–१९ क्रिकेटमा पाकिस्तान ५ विकेटले विजयी

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा अन्तर्गतत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।  इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग  ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १९८ रनको  लक्ष्य पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जीतमा अजान अनाइसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।

खेलमा नेपालका लागि आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दीपेश कँडेलले १। १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा १ सय ९७ रन बनाएको हो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए ।

बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिए। अहमेद हुसेन र उवइद शाहले २(२ तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसानले १(१ विकेट लिएका थिए । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । रासस


ताजा खबर