अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । सोमबार एक भव्य कार्यक्रम गरी प्राणप्रतिष्ठा गरिएको छ ।

ram-mandir2

प्राणप्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भई पूजाअर्चना गर्नु भएको छ । स्थानीय समयानुसारआज मध्याह्न १२:२९ बजेदेखि प्राणप्रतिष्ठा सुरु गरिएको थियो ।प्राणप्रतिष्ठामा मोदीबाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

ram-mandir1

राम मन्दिरको मुख्य पूजा गर्भगृहमा गरिएको थियो । प्राणप्रतिष्ठा हुँदा भारतीय वायुसेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामललाको प्राणप्रतिष्ठा गरिएको खुसियालीमा सीताको जन्मभूमि नेपालको जनकपुरधाममा पनि उल्लास छ ।

ram-mandir3

राम मन्दिर आज मंगलबार देखि सर्वसाधारणका लागि खुला गरिनेछ । सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई त्यसले विस्थापन गरेको छ। उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २,००० जनाको ज्यान गएको थियो। एएनआई


ताजा खबर