एनआरएनएद्वारा क्यान पदाधिकारीलाई सम्मान

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल क्रिकेट सङ्घ  (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान गर्नुभयो ।

एनआरएनएद्वारा नेपाल क्रिकेट संघका पदाधिकारीलाई सम्मान

क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत उपस्थित पदाधिकारीलाई एनआएरएनले सम्मान गरेको हो । कार्यक्रममा एनआरएनए अध्यक्ष बद्री केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउनुभयो ।

उहाँले खेलकुदमा ठुलो लगानी आवश्यक रहेको बताउनुभयो । नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबरजस्ती खेलाडी बनेर आफैँ व्यवस्थापन गर्नुपर्ने विडम्बना रहेको बताउनुभयो । अध्यक्ष केसीले ७० लाख नेपाली एकजुट हुने हो भने सस्टिनेबल पूर्वाधार बनाउनसक्ने बताउनुभयो । उहाँले सबै मिलेर खेल क्षेत्रको विकास र बिस्तारमा लाग्नुपर्ने पनि बताउनुभयो । रासस


ताजा खबर