चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले वृद्धि

चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ ।

चीनले सन् २०२३ मा २२९.७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ५.८  प्रतिशत बढी हो ।

विभागका अनुसार सन् २०२३ मा कूल ११ करोड ९९ लाख ७० हजार टन प्राकृतिक ग्यास आयात गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले वृद्धि हो ।

डिसेम्बरमा मात्रै चीनको प्राकृतिक ग्यास आयातमा २३ प्रतिशत अर्थात् एक करोड २६ लाख ५० हजार टन प्राकृतिक ग्यास आयात गरेको छ । वृद्धि दर नोभेम्बरको तुलनामा १६.४ प्रतिशत बढी रहेको विभागले जनाएको छ । रासस/सिन्ह्वा


ताजा खबर