मेदान्तका अध्यक्ष पद्मभूषण डा.नरेश त्रेहान ॐ हस्पिटलमा

प्रसिद्ध कार्डियोभास्कुलर र कार्डियोथोरासिक सर्जन, पद्मभूषण प्रा.डा.नरेश त्रेहान काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर पुग्नुभएको छ ।

भारतको मेदान्त अस्पतालका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. त्रेहानले ॐ हस्पिटल पुगेर नेपालको स्वास्थ्य सेवाको वर्तमान अवस्थाबारे जानकारी समेत लिनुभएको छ। उहाँले नेपालमा  मुटु उपचार र मुटु शल्य चिकित्सा सेवाको स्तरोन्नतिका लागि हर सम्भव सहकार्यका लागि आफु तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

May be an image of 5 people, dais and text

आज अपरान्ह ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर पुग्नुभएका डा. त्रेहानलाई ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले स्वागत गर्नुभएको थियो । उहाँका साथमा अस्पतालका शेयरधनी तथा पूर्व सञ्चालक हरि प्रसाद पाठक, प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, वरिष्ठ चिकित्सकहरु प्रा.डा. जागेश्वर गौतम, प्रा.डा. सुनिल कुमार शर्मा ढकाल, डा. चन्द्रमणी पौडेल, डा. कमल लम्साल, डा.रोशन गोंगल तथा अस्पताल उच्च व्यवस्थापनका सदस्यहरु हुनुहुन्थ्यो ।

May be an image of 11 people and text

पचास हजार भन्दा बढी ओपन हार्ट सर्जरी गरिसक्नुभएका डा. त्रेहान इन्टरनेशनल सोसाइटी फर मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी (MICS) का अध्यक्ष समेत रहिसक्नुभएको छ ।

May be an image of 3 people, hospital and text that says 'SPITAL CHCENTRE CENTRE CENTRE CH 15 ertified Hospital com'

भारतको हरियाणा राज्यमा पर्ने गुडगाँउ शहरमा अवस्थित मेदान्त द मेडिसिटी अस्पतालमा उपचार गराउन जाने नेपाली विरामीहरुको संख्या निकै ठुलो रहेको छ ।


ताजा खबर